मंसिर १२ गते । महोत्तरीको बर्दिबास घटना छानविन गर्न गृहमन्त्रालयले तीन सदस्य छानविन टोली गठन गरेको छ ।

बलात्कार पश्चात हत्या गरिएका ६ वर्षीया बालिका गुलाबसा खातुन र प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको घटना विषयमा गृहमन्त्रालयले बिहीबार छानविन टोली गठन गरेको हो ।

गृह मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएको छ ।

गृह मन्त्रालयले मृतक बालिका खातुन र न्यौपानेको परिवारलाई उचित क्षतिपुर्ती दिने र घाइतेको उपचार गर्ने आश्वासन दिएको छ ।

साथै छानविन गरी दुबै घटनाका दोषीमाथि कानुन बमोजिम कारबाही गर्ने मन्त्रालयले प्रतिवद्धता जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here