रौतहट, ९ मंसिर । रौतहट जिल्ला अन्तर्गत बृन्दावन नगरपालिकामा आज नगर स्तरीय बृन्दावन प्रिमियर टि–२० नकआट क्रिकेट प्रतियोगिता शुभारम्भ भएको छ ।


श्री जनशक्ति युवा क्रिकेट क्लब टिम बिश्रामपुरको आयोजना र बृन्दावन नगरपालिकाको सहयोगमा सुरु गरिएको खेलको उद्धघाटन नगर प्रमुख रामस्नेही राय यादवले गरेका छन । युवाहरुको मनोबल उच्च पार्न उदेश्यको साथ प्रत्येक बर्ष आफनो नगर भरीमा वडा स्तरीय क्रिकेट खेलको आयोजना गराई त्यस मध्ये बिजयाता हुने टिमलाई नगर स्तरीय प्रतियोगितामा सहभागि गराउदै आईरहेका नगर प्रमुख यादवले बताए ।


शिक्षा, स्वास्थ्य जस्तै मानिसको जीवनमा अति महत्वपूर्ण खेत प्रतियोगिता भएको हुनाले अब देखि नगर भरीको युवा खेलाडीहरुलाई नियम अनूकुल छानेर बाहिरबाट खेल सम्बन्धि जानकार प्रशिक्षक बोलाई तालिक समेतको व्यवस्थापन गरी प्रशिक्षण गराउने उहाँले प्रतिबद्धता जनाएका छन ।


अहिले देशमा जतिसुकै राष्ट्रिय क्रिकेट खेलाडी बनेको छ उहाँहरु पनि कुनै वेला गाउँ घरको सानो खेलबाट नै सुरुवात गर्नु भएको होला त्यसैले यस नगरपालिकाबाट पनि भोलिको दिनमा नगर एवं जिल्लाको नामलाई चिनाउन राष्ट्र स्तरको खेलाडीको रुपमा पहिचान स्थापित गर्नु भने उनले कामना गरे । जिल्लाको १८ स्थानीय तह मध्ये बृन्दावन नगरपालिकामा अहिले सम्म राजनीतिक, जातिवाद, गुटबन्दी लगायत अन्य विवाद सृजना नभएको सबैमा अवगत नै रहेको छ । सम्पूर्ण समुदायको व्यक्तिहरुको एक मात्र चाहना रहेको छ कि नगर भित्र जसरी भएपनि विकास कार्य हुनुपर्छ भने नगर प्रमुख यादवले बताएका हुन ।


त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादवले वडा नम्बर ३ बिश्रामपुर टोलमा रहेको खेलमैदानलाई भबिष्यमा ठूलो खेल रंगशाला निर्माण हुनेछ । जनताको जनचाहना अन्तर्गत नगरको तर्फबाट खेलकुद विकास आयोजनामा मुख्य प्रार्थमिकता खेललाई दिएको छ । जिल्लामा मात्र होईन देशको विभिन्न ठाउँमा यस नगरको खेलाडीहरुको पहिचान बन्न सफल हुने आशा राखेको प्रमुख प्रशासकी अधिकृत यादवले बताउनु भएका छन ।


तत्कालीन माओवादी पार्टीबाट मेयर पदका प्रत्यासी रामप्रसाद पटेलले मन्तव्य राख्दै नगरले क्रिकेट गराएर जुन प्रकारको खेलाडीहरुको मनोवल बढाएको छ त्यस्तै वास्तविक मेहन्ती खेलाडीहरुको पहिचान गरी तलब भत्ताको व्यवस्थापन गर्न अति आवश्यक रहेको हुनाले उहाँे माग गरेका छन ।

मेयर यादवले उद्धघाटको क्रममा खेलाडीहरुको सम्मानमा आफै बैड समाई ६ बलमा बैटिङ्ग गरेका थिए भने उहाँलाई बौलिङ्ग न प्रमुख प्रशासकीय अधिकृत यादवले गराएका थिए । नगर स्तरीय बृन्दावन प्रिमियर टि–२० नकआट क्रिकेट प्रतियोगिताको पहिलो दिनको सुरुवातीमा बैटिङ्ग गरुडाले गरेको थियो भने फिल्डिङ्ग गंगा पिपराले गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here