प्रीति रमण :- नेपाल सानो मुलुक भए पनि विश्वको मानचित्रमा एउटा स्वतन्त्र र सार्वभौम मुलुक हो । विभिन्न देशहरुसँग दौत्यसम्बन्ध कायम रहेको मुलुक भएकाले हाम्रो देश नेपालले पनि अरु देशहरुकै सरह कुटनीतिक आचरण प्रर्दशन गर्न सक्नु पर्दछ । आफूबाट कुटनीतिक आचरण देखाउन सकिएन भने अरुबाट पनि कुटनीतिक आचरणको अपेक्षा गर्नु उचित हुँदैन । नेपालका राजनीतिक दलका माथिल्लो स्तरका नेताहरुले विदेशी दुतावासका कर्मचारीहरुसँग अनावश्यक रुपमा गैर कुटनीतिक चरित्र प्रदर्शन गर्दै भेटघाट गर्ने काम गरिरहेकाले विदेशी राजदुतमा पनि गैर कुटनीतिक चरित्र विकसित भइरहेको पाइन्छ ।

भौगोलिक दृष्टिकोणले नेपाल सानो मुलुक भए पनि दुई ठुला छिमेकी मुलुकहरुको स्वार्थसँग जोडिएको देश भएका कारण यो देशको महत्व निकै छ भन्ने कुरा स्पष्ट हुन्छ । उत्तरतर्पm हिमश्रृंखलापारी रहेको विशाल चीन र दक्षिणतर्पm समतल भु—भागसँग जोडिएको खुल्ला सिमाना रहेको विशाल भारत हाम्रा छिमेकी देशका रुपमा रहेका छन् । यी दुवै देशसँग कुटनीतिक व्यवहार मार्पmत नेपालले  प्रशस्त लाभ प्राप्त गर्न सक्दछ । तर नेपाल सरकारले दुवै देशहरुसँग गैर कुटनीतिक आचरण देखाएर नेपालको सर्वस्व गुमाइ रहेको छ । यो आरोप वर्तमान केपी ओली नेतृत्वको सरकारलाई मात्र नभएर विगतका लगभग सबै सरकार प्रमुखहरुलाई जान्छ ।

पछिल्ला घटनाक्रमलाई मात्र केन्द्रमा राखेर विश्लेषण गर्न हो भने नेपाल सरकार कुटनीतिक मर्यादामा छैन भन्ने स्पष्ट हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आपूmलाई भारतले प्रधानमन्त्रीबाट हटाउन चलखेल गरिरहेको भनेर अभिव्यक्ति दिनु भयो । प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति कुटनीतिक आचरण अनुकुल थियो कि थिएन ? प्रधानमन्त्री पदबाट बोल्न बन्ने शब्द यो थियो कि थिएन ? कुटनीतिक आचरण बुझेको व्यक्तिले यस्तो अभिव्यक्ति दिनु भन्दा पहिले सात पटक सोचेर मात्र दिन सक्ला । यस्तो अभिव्यक्ति दिइसकेपछि यसमा टिक्न सकिन्छ कि सकिदैन ?  त्यो पनि महत्वपूर्ण कुरा हो । प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टी भित्रका नेताहरुलाई आरोप लगाउने अन्य कुनै विषय नपाएपछि यस्तो आरोप लगाउनु भएको हो भन्ने कुरा बुझ्न कठिन छैन । ओलीले सरकारको नेतृत्वको हैसियतबाट गरेका राम्रा कामहरुको पक्षमा पार्टीका नेताहरु लागेकै देखिन्छ । विवादास्पद र अलोकप्रिय कामहरुमा पार्टीका तर्पmबाट सरकारलाई खबरदारी हुनु स्वाभाविक हो । यस्तो खबरदारीले सरकारलाई जनस्तरमा लोकप्रिय बन्न सहयोग पुग्दछ । कुटनीतिक मर्यादा विपरितको अभिव्यक्ति मात्र नभएर कुटनीतिक मर्यादा विपरितको कृयाकलाप पनि देशको अस्तित्वसँग जोडिएका हुन्छन् ।

देशका नेताहरुको कुटनीतिक व्यवहारले विदेशी राजदुतहरुलाई पनि  कुटनीतिक आचरणमा बस्न  बाध्य तुल्याउँदछ । भारतीय राजदुत, अमेरिकी राजदुत र चीनियाँ राजदुतहरुले नेपालका नेताहरुलाई भेट्न चाहनु स्वाभाविक हो । तर उनीहरुको भेटको प्रसंग नेपालको राष्ट्रिय हितसँग जोडिएको हुनु पर्दछ । सम्भवत यो विषयमा कसैको विवाद नहोला । विदेशी कुटनीतिक नियोगका पदाधिकारीहरुले नेपालका नेताहरुलाई नेपालको हितका लागि खोजी गरेर भेट्न चाहन्छन् भन्ने कुरा विश्वास गर्न सकिदैन । अमेरिकी राजदुतले अमेरिकाकै स्वार्थका लागि नेपालका नेताहरुसँग भेट गर्ने हो, भारतीय राजदुतले भारतको स्वार्थमा तलमाथि हुने स्थिति देखिएपछि नेपालका नेताहरुलाई भेटेर आपूm अनुकूल बनाउने हुन् । त्यसैगरी चीनियाँ राजदुतले नेपालका नेताहरुलाई भेट्नुमा चीनको स्वार्थ अवस्य पनि जोडिएको हुन्छ ।

सत्तारुढ नेकपा भित्रको विवाद चुलिएका बेला प्रधानमन्त्रीले आपूmलाई हटाउन भारतले चलखेल गरिरहेको भन्नु र सत्ता संकटमा परेकै बेला  चीनियाँ राजदुतले नेताहरुसँगको भेटघाटलाई बाक्लो बनाउनुका पछाडि पक्कै पनि केही रहस्य लुकेको हुनु पर्दछ । जे—जस्तो सुकै रहस्य रहेको भए पनि कुटनीतिक आचरण विपरितका अभिव्यक्ति र भेटघाटहरुलाई  सामान्य मान्न सकिदैन । प्रधानमन्त्री केपी ओली कुटनीतिक आचरण विपरित बोल्नु र चीनियाँ राजदुतले कुटनीतिक आचरण विपरित नेताहरुका घरहरुमा आफ्नो चलखेल बढाउनु दुबै अस्वाभाविक गतिविधि हुन् ।

तर हामीले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने, भारतले चाहँदैमा नेपालका प्रधानमन्त्रीको पद जाने अवस्था किन आउँछ ? प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले त्यो पदमा पु¥याएका हुन् वा विदेशी शक्तिले पु¥याएको हो ? यो विषयमा स्वयम् प्रधानमन्त्री ओली नै स्पष्ट हुनु जरुरी छ । नेपाली जनताको मत प्राप्त गरेर प्रधानमन्त्री भएको व्यक्तिलाई कुनै विदेशी शक्तिले प्रधानमन्त्रीबाट हटाउन चाहँदैमा हट्नु पर्ने अवस्था आउनुको कारण के हो ?  नेपाली जनताको मतको यो भन्दा अपमान अरु के हुन सक्छ ? नेपाली जनताले मतदान गरेर नेता चयन गर्नुको कुनै अर्थ छैन भन्न किन नसक्ने ? त्यसैगरी अमेरिकाको स्वार्थमा कुनै काम गराउनु पर्दा नेपालका नेताहरुले नेपालको हित बुझ्न किन नचाहने ? भारत, चीन, अमेरिका जुनसुकै देशका शासकहरु भए पनि उनीहरुका सामू नेपाली जनता नै नेपालको सरकार निर्माण गर्ने शक्ति हुन् भन्ने  यथार्थलाई नेताहरुले आत्मसात गर्न सक्नु पर्दछ । नेताहरुले नेपाली जनताकै चाहना र भावनालाई बुझेर काम गर्न सक्ने हो भने संसारको कुनै शक्तिले पदीय जिम्मेवारीबाट हटाउन सक्ने छैन । यो कुरा हाम्रा नेताहरुले कहिले बुझ्ने ? त्यसैले नेपालमा कार्यरत विदेशी राजदुतहरुलाई कुटनीतिक अनुशासनमा राख्न कुटनीतिक आचरणको तालिम पनि दिनु आवश्यक देखिन्छ । संसारका अन्य देशहरुमा कार्यरत हाम्रो देशका राजदुतहरुले कस्तो कुटनीतिक आचरण पालन गर्नु पर्छ भन्ने कुरा बुझ्न कठिन छैन, त्यसै अनुरुपको आचरण नेपालमा कार्यरत विदेशी राजदुतहरुलाई पनि सिकाउन हामी किन पछि पर्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here