जनकपुरधाम, चैत १ गते ।धनुषाको एक बस्तीमा घरेलु मदिरा सेवनबाट १२ जनाको ज्यान गएको भोलि पल्ट धनुषाको अर्को बस्तीमा घरेलु मदिरा सेवनबाट ३ जनाको मृत्यु भएको छ ।

अन्य ५ भन्दा बढी बिरामी भएका छन् ।
विषाक्त मदिरा सेवनबाट जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २ पुरुषसहित तीनजनाको घरेलु विषाक्त मदिरा सेवनबाट शनिबार बिहान मृत्युको भएको हो । मृत्युु हुनेमा मुसहर बस्तीकि बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेको बस्तीकै बिक्की सदाले जानकारी दिए ।

उनका अनुसार होलीको अवसरमा रक्सी खाएका बनारसीदेवीको शुक्रबार साँझ र मिथिला सदा र झगरु सदाको शनिबार बिहान मृत्यु भएको हो । मदिरा सेवन गरेकाहरु धमाधम सिकिस्त हुन थालेका छन् । पाँच भन्दा बढी बिरामी भएका छन् । प्रहरी घटनास्थल पुगिसकेको छैन ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैयामा अव‌ैध घरेलु मदिरा सेवनबाट१५ दिन यता १२ जनाको मृत्यु भइसकेको छ भने अन्य ५ सिकिस्त छन् । यससंगै धनुषामा घरेलु मदिरा सेवनबाट मर्नेको संख्या १५ पुगेको छ ।सभार टुडेपाटी अनलाईन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here